काठमाडौं । संसदीय सुनुवाइ समितिको सदस्यमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई लगिँदैछ । त्यसको जानकारी आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले गराउने भएका छन् । खतिवडालाई सभापति बनाउन संसदीय सुनुवाई समितिमा लगिएको हो ।
प्रतिनिधि सभा नियमावलीमा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ । यो व्यवस्थाको पालना गर्ने हो भने यही भदौ २५ गतेसम्म संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन भइसक्नुपर्छ । ईश्वरीदेवी न्यौपाने यही भदौ १० गते राज्य व्यवस्था तथा सुशासन समितिको सभापति भएयता सुनुवाइ समिति सभापतिविहीन छ ।
निजामति कर्मचारी विधेयकको कुलिङ पिरियडमा गडबडी आएपछि खतिवडाले राज्य व्यवस्था समिति पदबाट राजीनामा दिएका थिए । संसदीय सुनुवाइ समितिकी सभापति न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाइएको छ । न्यौपाने यसअघि सुनुवाइ समितिको पनि सभापति थिइन् ।


प्रतिक्रिया