थियानजिन (चीन) । प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग भेटवार्ता गरेका छन् ।
शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहनुभएका प्रधानमन्त्री ओलीले थियानजिनमा भेटवार्ता गरेका हुन् ।
प्रधानन्त्री ओलीले समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री चिङसँग थियानजिनमा दुईपक्षीय भेटवार्ता गरेकाे उनको निजी सचिवालयले जानकारी दिएको छ ।
उनले हिजै चीनका राष्ट्रपति सी जिनपिङसँग पनि भेटवार्ता गरेका थिए ।


प्रतिक्रिया