बुङ्गल हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

बुङ्गल हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला


ग्लोब नेपाल
162
Shares

काठमाडौँ। बुङ्गल हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) आजदेखि बिक्री खुला गरेको छ । यसअघि आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बाँडफाँट भइसकेको छ ।

आम सर्वसाधारणका लागि कम्पनीको कुल १७ लाख १ हजार ५ सय कित्ता आईपीओ खुलेको हो । कम्पनीले जारी पूँजी ८३ करोडको ३५ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

अंकित मूल्य १ सयका दरले भदौ १९ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । अनलाइन प्रणाली मेरो सेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आईपीओमा आवेदन दिन सकिने छ ।