‘सुनको किस्तीमा राखेर कांग्रेसलाई संसदमा कसैले बहुमत दिँदैन’

‘सुनको किस्तीमा राखेर कांग्रेसलाई संसदमा कसैले बहुमत दिँदैन’



नेपालको संबिधानमा हाल व्यवस्था भएको निर्वाचन प्रणालीबाट नै संघीय र प्रदेश संसदमा बहुमत हासिल गर्नको लागि कुनै बिलम्ब नगरिकन अहिले नै नेपाली कांग्रेसले १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारहरुको साथै ७५३ स्थानीय तहहरुको उम्मेदवारहरुको बैधानिकरुपमा नै घोषणा गरेर पार्टीले आफ्नो उम्मेदवारहरुलाई लिएर मतदाताहरुको बिचमा जानु पर्दछ ।

आरामदायी क्षेत्र (Comfort Zone) बाट बाहिर निस्किएर निरन्तर कडा परिश्रम नगरेसम्म संसदमा बहुमत ल्याउन सकिंन्दैन । संसारमा सबै प्रक्रियाहरुको सकारात्मक र नकारात्मक पक्षहरु हुन्छन् । हामीले सकारात्मक पक्षहरुलाई संगालेर अगाडी बढनु पर्छ ।

धेरैलाई लाग्न सक्छ कि अहिले नै उम्मेदवारहरु घोषणा गर्दा उम्मेदवारहरुको खर्च धेरै हुन्छ ।यसको कुनै बैज्ञानिक प्रमाण र ब्यवस्थापकिय र मौद्रिक तथ्यांकहरुको आधार छैन ।यो अल्छिहरुको एउटा भ्रम र बहाना मात्र हो ।त्यस्तो केही हुँदैन ।

कतिपयलाई यो अनौठो र अचम्मको पनि लाग्न सक्छ । यो स्वभाविक हो किनकी आजसम्म यस्तो भएको छैन । यो व्यवहारमा आए पछि आकर्षक र लोकप्रिय लाग्छ ।

कसैकसैलाई यो धेरै चाडो लाग्न सक्छ किनकी हामीसंग ढिलो र धेरै ढिलो निर्णय गरेका अभ्यास, परम्परा र नजीरहरु पनि छन् । हाम्रो मानसिकताकामा ति पुराना अभ्यास, परम्परा र नजीरहरुले गहिरोसंग जरा गाडेर बसेको छ । पुरानो अभ्यासबाट बाहिर निस्किएर नया शुरुवात गर्ने जोखिम मोल्न हामी मानसिकरुपमा तयार र चट्टान जस्तै अडिग हुनु पर्छ ।

केहीलाई यो अव्यबहारिक लाग्न सक्छ किनकी हामीले चाडो उम्मेदवार घोषणा गरेको उदाहरणहरु छैनन् र यसलाई व्यवहारमा लागु गरि सकेका पनि छैनौ । जबसम्म कुनै कार्य व्यवहारिकरुपमा सम्पन्न हुंदैन, तबसम्म मानिसले त्यसलाई अव्यवहारिक नै ठान्छन्, जुन क्षणिक भ्रम मात्र हो ।व्यवहारमा आए पछि यो सरल, सहज, प्रभावकारी र अधिकतम स्विकार्य हुन्छ ।

पार्टीले अग्रगामी सोंच राख्नु पर्छ र कतिपय अवस्थामा बिगतको अभ्यास, परम्परा, नजीर र यथास्थितिबाट अगाडि बढेर यथार्थ धरातलमा फडको मार्ने आंट गर्न सक्नु पर्छ ।

आम मतदाताहरुको मत र मन जितेर संसदमा बहुमत ल्याउन सकिन्छ । यसको लागि पार्टीले असाध्यै लगनशील भएर निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर निरन्तर मेहनत गर्नु पर्छ । निरन्तर कडा मेहनतको कुनै सुबिधाजनक बिकल्प नै छैन । नेपाली कांग्रेसले संसदमा बहुमत आफ्नै परिपक्वता, परिश्रम र पौरखले आर्जन गर्नु पर्छ । कसैले पनि सुनको किस्तिमा राखेर हिराले सजाएर पार्टीलाई संसदमा बहुमत दिदैन ।