एमाले नेता ऐन महरविरूद्ध मुद्दा दर्ता

एमाले नेता ऐन महरविरूद्ध मुद्दा दर्ता



काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नेकपा (एमाले) का नेता ऐन महरविरूद्ध मुद्दा दर्ता गरेको छ । महरविरूद्ध सोमबार साइबर अपराधअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

अब प्रतिवादी महर अदालतमा हाजिर भएपछि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा हाजिर जमानीमा राख्ने भन्नेबारे थुनछेक हुनेछ ।

महरमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुर गरेको आरोप छ । एक जना महिलालाई उनले सामाजिक सञ्जालमा लाइभ आएर चरित्रहत्या गरेको आरोप छ ।

महरले ती महिलालाई मेसेज तथा स्टाटसमा समेत गालीगलौज गरेको पीडितको भनाइ छ ।

महर भदौ ११ गते प्रहरी समक्ष हाजिर भएका थिए ।