संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रियसभामा पेस

संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रियसभामा पेस



काठमाडौं । विधायन व्यवस्थापन समितिबाट सर्वसम्मत पारित भएको संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रियसभामा पेस भएको छ ।

समिति सभापति तुलसाकुमारी दहालले मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा विधेयक पेस गरेकी हुन् ।

प्रतिवेदन पेस भएपनि विधेयकमाथि औपचारिक छलफल सुरु भएको छैन । प्रतिवेदन पेस भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । मन्त्री अधिकारीद्वारा प्रस्तुत उक्त प्रस्तावमाथि छलफल जारी रहेको छ ।

संघीय निजामती सेवा विधेयकले निजामती सेवामा उमेरहद, सेवा शर्त, मूल्याङ्कन प्रणाली र बीमा व्यवस्थाजस्ता विषयमा स्पष्ट कानुनी व्यवस्था गर्नेछ ।