काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटमा आज नेपाली यू–२३ टिमले घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । ताजिकिस्तानको सेन्ट्रल रिपब्लिकन रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगिताको समूह ‘के’मा रहेको नेपालको यो पहिलो खेल हो । नेपालको समूहमा ताजिकिस्तानसँगै सिरिया र फिलिपिन्स छन् ।
नवीन न्यौपानेको प्रशिक्षणमा रहेको नेपाली टिम आयुश घलानको कप्तानीमा मैदान उत्रिनेछ । आयुश सिनियर राष्ट्रिय टिमका नियमित सदस्यसमेत हुन् ।
प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा हुने यू–२३ एसियन कपको सातौँ संस्करणमा स्थान बनाउनेछ । यस्तै, कुल ११ समूहबाट चार उत्कृष्ट उपविजेता टोलीले साउदी अरेबियाको टिकट काट्नेछन् ।


प्रतिक्रिया