रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले दिए साइबर ब्युरोमा उजुरी

रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले दिए साइबर ब्युरोमा उजुरी



काठमाडौं । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले आफू डिप फेकको सिकार भएको बताएका छन् । उनले एआईबाट आफ्नोजस्तै आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा नक्कली भिडियो पोस्ट भएको बताएका हुन् ।

वाग्लेले सो कार्यको विरुद्धमा बुधबार प्रहरीमा उजुरी दिका छन् । उजुरी दिन उनी भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा उपस्थित भएका थिए ।

केहीअघि वाग्लेको आवाजसहितको नेपाल भारत-सीमा विवादसम्बन्धी भिडियो बाहिरिएको थियो । भारतीय व्यक्तिहरूसँग वाग्लेले संवाद गरेको जस्तै गरी भिडियो क्लिप बनाइएको छ ।

उक्त आवाज डिप फेक भएको र त्यसविरुद्ध साइबर ब्युराेमा उजुरी दिएको उपसभापति वाग्लेले जानकारी दिए ।