राति अबेर कुकरमा सिट्ठी नलगाउन प्रहरीको आग्रह

राति अबेर कुकरमा सिट्ठी नलगाउन प्रहरीको आग्रह


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंमा उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरु गरेको छ ।

काठमाण्डू उपत्यका प्रहरी कार्यालयले सुरु गरेको अभियानका अनुसार अनावश्यक आवाज उत्पन्न गर्ने गतिविधिमा रोक लगाइने छ । विशेषगरी, रात्रिकालिन समयमा लाउडस्पीकर, साउन्ड बक्स, डीजे, बाजा, जुस पसललगायतका सामग्रीहरूको ठुलो आवाज ननिकाल्न आग्रह गरिएको छ ।

बिहान ५ देखि ७ बजेसम्म अनावश्यक ठुलो आवाजमा कुराकानी गर्ने र मोटरसाइकल वा अन्य सवारी साधनको ठुलो हर्न बजाउने कार्य नगर्न प्रहरीले अनुरोध गरेको छ । राति अबेर कुकरमा सिट्ठी नलगाउन, शौचालय फ्लश गर्दा ठुलो आवाज आउन नदिन र सिडी प्रयोग गर्दा आवाज कम गर्न पनि प्रहरीले आग्रह गरेको छ ।