जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन : परराष्ट्र सचिव राई

जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन : परराष्ट्र सचिव राई



काठमाडौं । सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआई) मा नेपालले कुनै किसिमको सहमति नगरेको बताएको छ ।

चीनको थियानजिनमा आयोजित सांघाइ सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यही भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तामा जिएसआईमा नेपालले सहमति जनाएको भनेर सार्वजनिक भएका समाचार आधारहीन भएको सरकारले बताएको हो ।

परराष्ट्र सचिव अमृतबहादुर राईले भने, ‘मुलुकले अंगीकार गरेको असंलग्न परराष्ट्रनीतिप्रति सरकार पूर्ण प्रतिबद्ध छ, परराष्ट्र सम्बन्धलगायत संवेदनशील विषयमा वास्तविकता नबुझी टीकाटिप्पण नगर्न सम्बद्ध सबैमा मेरो आग्रह छ ।’

प्रधानमन्त्री ओली र राष्ट्रपति सी नेतृत्वको वार्तामा सहभागी परराष्ट्र सचिव राईले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’लगायत द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा दुवै नेताबीच छलफल भएको जानकारी दिए ।