काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिह्न लगाएका छन् ।
यही भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । आईजीपी खापुङलाई आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
निवर्तमान प्रहरी महानिरीक्षक दीपक थापाले भदौ १८ हिजोदेखि अवकाश पाएपछि खापुङले आजदेखि नेपाल प्रहरीको कमान्ड सम्हालेका हुन् ।
खापुङको पालामा नयाँ प्रहरी ऐन जारी भए उनको सेवा अवधिमा अहिलेको प्रावधान अनुसार ६ महिना थपिनेछ । नभए उहाँ ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गतेदेखि अनिवार्य अवकाशमा जानेछन् ।


प्रतिक्रिया