कांग्रेसले रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति सभापतिकाे उम्मेदवार बनाउने

कांग्रेसले रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति सभापतिकाे उम्मेदवार बनाउने


ग्लोब नेपाल
594
Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडालाई अगाडि बढाउने भएको छ ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार खतिवडालाई उम्मेदवार बनाउने निर्णय भएको छ । नेकपा एमालेले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने छ । विपक्षी दलहरूको बहुमत छैन । यसकारण सुनुवाइ समितिको सभापतिमा खतिवडा निर्विरोध निर्वाचित हुने निश्चित छ ।

यसअघि खतिवडाले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका थिए । त्यसपछि रिक्त पदमा ईश्वरीदेवी न्यौपाने निर्वाचित भइसकेकी छन् ।

न्यौपाने सुनुवाइ समिति सभापति छाडेर राज्य व्यवस्था समिति सभापति हुन गएकी हुन् । राज्य व्ययवस्था समितिको भापतिबाट राजीनामा दिएका खतिवडा सुनुवाइ समितिको सभापति हुने भएका छन् ।

संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन भोलि हुने भएको छ । आज मनोनयन दर्ताको हुँदैछ ।