संसदीय सुनुवाइ समितिको सभापति पदमा रामहरिले गरे उम्मेदवारी दर्ता

संसदीय सुनुवाइ समितिको सभापति पदमा रामहरिले गरे उम्मेदवारी दर्ता


ग्लोब नेपाल
2.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् । उनले बिहीबार समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन् ।

‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा छेडखानी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका खतिवडालाई कांग्रेसले सुनुवाइ समितिमा सभापति बनाउने निर्णय गरेको थियो ।

नेकपा एमालेले कांग्रेस उम्मेदवार खतिवडालाई नै समर्थन गर्ने छ । विपक्षी दलहरूको बहुमत नभएकाेले सुनुवाइ समितिको सभापतिमा खतिवडा निर्विरोध निर्वाचित हुने निश्चित छ ।

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट खतिवडाले साउन २८ गते राजीनामा दिएका थिए ।