काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापतिमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध भएका छन् ।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिअनुसार, बिहीबार दिउँसो २–४ बजेसम्म दिएको समयावधिमा खतिवडाको एकल उम्मेदवारी परेको छ ।
राज्यव्यवस्था तथा सुशासन समिति सभापति बन्न भदौ १० गते ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । जसमा खतिवडाले उम्मेदवारी दिएका हुन् ।
यसअघि राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट खतिवडाले साउन २८ गते राजीनामा दिएका थिए ।
नेकपा एमालेले कांग्रेस उम्मेदवार खतिवडालाई नै समर्थन गरेकाे हाे । विपक्षी दलहरूको बहुमत नभएकाेले सुनुवाइ समितिको सभापतिमा खतिवडा निर्विरोध निर्वाचित भएका हुन् ।


प्रतिक्रिया