ट्रम्पले घटाए जापानी कारमाथिको ट्यारिफ

ट्रम्पले घटाए जापानी कारमाथिको ट्यारिफ



वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै जापानबाट आउने कारहरूमा लगाउँदै आएको अतिरिक्त भन्सार महसुल (ट्यारिफ) घटाएका छन् ।

यसअघि साढे २७ प्रतिशत रहेको ट्यारिफ घटाएर १५ प्रतिशतमा झारिएको छ ।

यस निर्णयले टोयोटा, होन्डा र निसान जस्ता कम्पनीहरूलाई ठुलो राहत दिनेछ । सो आदेश औपचारिक रूपमा जुलाईमा घोषणा गरिएको सम्झौतालाई औपचारिक रूप दिने क्रममा गरिएको हो ।

यसमा सबै जापानी सवारी साधन र औषधिमाथि १५ प्रतिशत मात्रै ट्यारिफ लगाउने कुरा भएको थियो । धेरै हप्ता छलफलपछि यो सम्झौता भएको थियो ।

ह्वाइट हाउसका अनुसार जापानले पनि अमेरिकामा ५ खर्ब ५० अर्ब डलर लगानी गर्ने र आफ्नो बजार बिस्तारै बिस्तारै अमेरिकी सामानका लागि खुलाउने सहमति जनाएको थियो ।