काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय, कलङ्की, ३ नं. नापी टोली पुरानो नैकापमा कार्यरत करार कार्यालय सहयोगी एकेन्द्रबहादुर कुँवरलाई घुससहित नियन्त्रणमा लिएको छ ।
आयोगका अनुसार जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका–१३ (साविक पुरानो नैकाप–८ख) मा रहेको जग्गा हालसाविक गरी नयाँ पुर्जा उपलब्ध गराउने प्रयोजनमा सेवाग्राहीसँग रु. १३ हजार घुस लिइसकेको अवस्थामा कुँवरलाई पक्राउ गरिएको हो ।
अनुसन्धानका क्रममा कुँवरले सो जग्गासम्बन्धी मालपोत कार्यालय, कलङ्कीमा दर्ता श्रेस्ता कायम गर्ने तथा जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइदिने भनी घुस माग गरेको पुष्टि भएको आयोगले जनाएको छ ।
सोही आधारमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा बिगो रु. १३ हजार कायम गरी कैद र जरिवानाको सजायको मागसहित आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।


प्रतिक्रिया