काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले पदबाट राजीनामा दिएका छन् । बीबीसीका अनुसार, यसै वर्ष जुलाईमा भएको चुनावमा उनको सत्तारूढ गठबन्धन सरकारले संसद्को माथिल्लो सदनमा बहुमत गुमाएको थियो ।
त्यसपछि इशिबाको राजनीतिक स्थिति चुनौतीपूर्ण बनेको टिप्पणी भइरहेको थियो ।
जापानको संसदीय व्यवस्थामा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ । सत्तारूढ गठबन्धनले गत वर्ष अक्टोबरमै तल्लो सदनमा बहुमत गुमाइसकेको थियो । चुनावका क्रममा प्रधानमन्त्री इशिबाले आफू पदमा रहने बताएका थिए । त्यसको कारणका रूपमा उनले अमेरिकासँगको प्रस्तावित व्यापार सम्झौतालाई देखाएका थिए ।
त्यो बेला इशिबाले भनेका थिए, ‘जापानले पहिलो अगस्टसम्म अमेरिकासँग व्यापार सम्झौता अन्तिम रूप दिनुपर्छ । यो मेरो प्राथमिक जिम्मेवारी हो ।’


प्रतिक्रिया