काठमाडौं । जेन–जी समुहले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा गरेको विरोध प्रदर्शनको क्रममा प्रहरीको गाली लागेर घाइते भएका थप एक जना प्रदर्शनकारीको ट्रमा सेन्टरमा मृत्यु भएको छ ।
सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
योसँगै ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ । यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ । अहिलेसम्म कुल १५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया