जेनजीको आन्दोलन : रुपन्देहीमा पनि कर्फ्यु जारी

जेनजीको आन्दोलन : रुपन्देहीमा पनि कर्फ्यु जारी



बुटवल । जेनजीको प्रदर्शन उग्र भएपछि रुपन्देही जिल्लामा पनि कर्फ्यु आदेश जारी गरिएको छ ।

रुपन्देहीमा पनि जेनजीले प्रदर्शन गर्दै तोडफोडमा उत्रिएपछि अवस्थालाई मध्यनजर गर्दै जिल्लामा कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

भैरहवामा भएको प्रदर्शनमा नाराबाजीसहित कांग्रेस पार्टी कार्यालय पुगेका प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

स्थिति नबिग्रियोस् भन्ने उद्देशले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले सोमबार दिउँसो ४ देखि राति १० बजेसम्मका लागि जिल्लाको भैरहवा र बुटवल क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।

भैरहवा क्षेत्रको पूर्वमा रोहिणी खोलासम्म, पश्चिममा बेथरी पुलसम्म, उत्तरमा बुद्धचोकसम्म, दक्षिणमा मेउडिहवासम्म, बुटवल बेलहिया सडक खण्डको दायाँबायाँ एकसय मिटरसम्म चार किल्ला तोकिएको छ ।

त्यस्तै, बुटवल क्षेत्रको पूर्वमा पेट्रोलपम्प धागो कारखाना पुलसम्म, पश्चिममा बेलवास चोकसम्म, उत्तर चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म चार किल्ला तोकिएको हो ।