सामाजिक सञ्जाल सम्बन्धी निर्णय तत्काल फिर्ता लिन ओलीलाई देउवाको फोन

सामाजिक सञ्जाल सम्बन्धी निर्णय तत्काल फिर्ता लिन ओलीलाई देउवाको फोन



काठमाडौं । सामाजिक सञ्जाललाई निष्क्रिय गराउने सरकारको निर्णय तत्काल फिर्ता लिन कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

कांग्रेसको पदाधिकारी बैठकबाटै देउवाले ओलीलाई फोन गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए । उनका अनुसार पार्टीको निर्णयका सम्बन्धमा सभापति देउवाले प्रधानमन्त्रीलाई फोन गरेका थिए ।

पार्टीको निर्णय जानकारी गराउँदै फिर्ता लिन आग्रह गरेको उनले बताए ।

त्यस्तै कांग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकमाथि गम्भीर प्रश्न उठाइएको छ । बैठकमा धेरैजसोको सुझाव गृहमन्त्री लेखक राजीनामाका लागि तयार रहन भनिएकाे एक पदाधिकारीले जानकारी दिए ।

”गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठ्यो,” ती पदाधिकारीले भने, “राजीनामाका लागि तयार रहन भनिएको छ । उहाँ आफू पनि राजीनामा दिने मनस्थितिमा रहेको बुझियो ।”