काठमाडौं । भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताका युवाहरूले सोमबार काठमाडौंमा गरेको आन्दाेलनबाट १०७ जना पक्राउ परेका छन् ।
उपत्यका प्रहरी कार्यालय एसएसपी शेखर खनालका अनुसार पक्राउ परेका उनीहरूलाई बानेश्वर र जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।
उक्त आन्दोलनमा १९ जनाको मृत्यु पुष्टि भइसकेको छ भने एक सय जना भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया