आज बिपी जयन्ती

आज बिपी जयन्ती



ललितपुर । आज नेपाली राजनीतिक रूपान्तरण, जहानियाँ राणाशासनको अन्त्य, लोकतान्त्रिक व्यवस्थाका सूत्राधार, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको जन्मदिन हाे ।

पूर्वप्रधानमन्त्री कोइरालाको सम्झना गरी कांग्रेसले पार्टी मुख्यालय सानेपासहित प्रदेश र जिल्ला पार्टी कार्यालयमा उनको तस्बिरमा माल्यार्पण गरेर सम्झना गर्ने कार्यक्रम राखेको छ ।

पूर्वप्रधानमन्त्री कोइरालासहित कांग्रेस नेताहरूलाई राखिएको सुन्दरीजल जेल (हाल सङ्ग्रहालय) मा पनि उहाँको सम्झना गर्दै प्रतिमामा माल्यार्पण र श्रद्धाञ्जली अर्पण गरिने छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र ७७ वटै जिल्लामा कांग्रेसका संस्थापक कोइरालाको प्रतिमामा माल्यार्पण गरिने बताए ।

नेता कोइरालाले समाजवादको बाटो र राजनीतिक रूपान्तरणप्रतिको दृढतालाई अनुसरण गर्दै आर्थिक विकासमार्फत नेपालको समुन्नतिका लागि नवीनतम खाका बनाएका थिए ।

पूर्वप्रधानमन्त्री कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । राणाशासन अन्त्यदेखि पञ्चायती व्यवस्थासम्म अनवरण सङ्घर्ष गर्दागर्दै उनको निधन २०३९ साउन ६ गते भएको हो ।

पूर्वरादूत प्राडा लोकराज ढकालले राणाशाहीविरुद्धको सङ्घर्षमा जेलनेल भोगेको राजनीतिज्ञ, साहित्यकार, उनको परिवारले पनि त्याग गरेको बताए । उनले बिपी कोइरालासँग तुलना गर्न योग्य अर्को राजनीतिज्ञ अहिलेसम्म आफूले नदेखेको बताए ।