संयम अपनाउन र शान्तिपूर्ण तरिकाले समाधान खोज्न सात दूतावासको संयुक्त आग्रह

संयम अपनाउन र शान्तिपूर्ण तरिकाले समाधान खोज्न सात दूतावासको संयुक्त आग्रह



काठमाडौं । अमेरिकासहित सात देशका दूतावासले जेन–जी प्रदर्शनमा भएको घटनाबारे संयुक्त विज्ञप्ति निकालेर शान्तिपूर्ण तरिकाले समाधान खोज्न आग्रह गरेका छन् ।

अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया, बेलायत र अमेरिकाका दूतावासहरूले संयुक्त विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन् ।

विज्ञप्तिमा शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन रहेको बताउँदै सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थिति थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरिएको छ ।

काठमाडौंसहित देशका विभिन्न ठाउँमा हिजो भएका हिंसात्मक घटनाप्रति दूतावासहरूले दुःख व्यक्त गरेका छन् ।