काठमाडौं । युवा पुस्ताले थालेको आन्दोलनमा समर्थन जनाउन पूर्वप्रधानन्यायाधीश सुशिला कार्की सडकमा उत्रिएकी छन् । उनी घरबाट सोझै मिनभवनमा आएर सिभिल अस्पतालका घाइतेहरूलाई भेट्नुका साथै सडकमा आएर आन्दोलनरत युवाहरूलाई भेटेर ऐक्यबद्धता जनाएकी हुन् ।
‘यो हदसम्म गएपछि सहन हुँदैन भनेर उहाँ हामीसँगै गाडीमा आउनुभएको हो, अस्पतालमा गएर बिरामी र आफन्त भेट्निुभयो,’ अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘उहाँले मीनभवन सडकमा आएर युवाहरूप्रति ऐक्यबद्धता जनाउनुभयो । युवाहरूको आन्दोलन र भावनामा साथ दिने उद्देश्यले सडकमा आउनुभएको हो ।’
त्यसक्रममा केही आन्दोलनकर्मी र अरु युवाले पूर्वप्रधानन्यायाधीश कार्कीलाई भेटेका थिए । उनी केहीबेरमा वीर लगायत अरु अस्पतालमा पुगेर बिरामीको अवस्थाबारे जानकारी लिने र फर्किने योजना छ ।


प्रतिक्रिया