काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित मन्त्रीहरूलाई उनीहरूको सुरक्षार्थ शिवपुरीस्थित सैनिक तालिम केन्द्रमा राखिएको छ ।
त्यसैगरी, निवर्तमान उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललगायत सबै मन्त्रीहरूलाई शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा राखिएको सेनाको उच्च स्रोतले जानकारी दिए ।
यसबारे ओलीले पनि जेनजीका नाममा बुधबार राति एक पत्र जारी गर्दै पुष्टि गरेका छन् । उक्त सन्देशमा उनले आफू शिवपुरीको एकान्त सुरक्षा घेराभित्र रहेको बताएका छन् ।
स्रोतका अनुसार मन्त्रीहरूलाई मन्त्री क्वार्टर भैंसेपाटीबाट र प्रचण्ड र नेपाललाई भने सिंहदरबारबाट हेलिकप्टरमा शिवपुरी लगिएको हो ।


प्रतिक्रिया