काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद विघटन नगर्ने सुझाव दिएकी छन् । जेनजीले संसद विघटनसँगै अन्तरिम सरकारको माग गरिरहेका बेला उनले यस्ताे आग्रह गरेकी हुन् ।
बुधवार सामाजिक सञ्जालमार्फत गौतमले संसद विघटन गर्ने कुनै पनि प्रयासले जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई सङ्कटमा पार्ने भएकोले स्वीकार्य नहुने स्पष्ट गरेकी हुन् ।
संसद विघटन पछि जनता सङ्कटमा पर्ने, जनताको सार्वभौम सत्ता र देशको सर्वोच्चता नै जोखिममा पर्ने उनको भनाइ छ ।
‘नेता पो भ्रष्टाचारी भएका हुन् । ती भ्रष्ट नेताहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । तर संसद विघटन गरेर समस्या समाधान हुँदैन । संसद विघटन गर्नु भनेको जनताको सर्वोच्चतामाथि प्रहार गर्नु हो ।’ उनले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।
संवाद र निकास दिनुपर्नेमा जोड दिँदै सांसदलाई जोगाउनुपर्ने आवश्यकता रहेको सांसद गौतकको जोड छ ।
उनले सोमबारको आन्दोलनमा गोली चलाउने र आदेश दिनेहरूलाई अपराधी करार गर्दै कानुनी कारबाही गर्नुपर्ने माग गरिन् ।


प्रतिक्रिया