जंगी अड्डाद्वारा प्रधानमन्त्री पदका लागि दरखास्त आह्वान

जंगी अड्डाद्वारा प्रधानमन्त्री पदका लागि दरखास्त आह्वान


ग्लोब नेपाल
351
Shares

काठमाडौं । हिजो बुधबार नेपाली सेनाको जंगी अड्डाले माइकिङ गरेर प्रधानमन्त्री बन्न इच्छुकबाट दरखास्त आह्वान गरेको छ । जेनजीलगायत विभिन्न शक्तिकेन्द्रसँग ९ घन्टाको वार्ता गरेको जंग अड्डाले आज बिहीबार बिहान निवेदनसहित सम्पर्क राख्न नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराएका हुन् ।

माइकिङमा भनियो, ‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कति जना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित बिहीबार बिहान सम्पर्क गर्नुहोला ।’ सेनाका प्रतिनिधिले भनेका छन्, ‘एक–एक जना ग्रुप लिडरको नामसहित लेखेर हामीलाई दिनुहोला ।’

बुधबार दिउँसो जेन जेड प्रतिनिधिले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेन जेडले जंग्गीअड्डाबाहिर नाराबाजी गरेका थिए । कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसहितका नामहरू समेत लिइरहेका छन् ।