काठमाडौं । जेनजी पुस्ताका युवाले गरेको आन्दोलनको आडमा पोखरामा शहीद लखन थापाको शालिक ढाल्न राजावादीहरु भएका छन ।
यसअघि पटक–पटक आन्दोलनसहित प्रयास गर्दा पनि असफल भएका राजावादी र पृथ्वीचोकमा पृथ्वीनारायणकै शालिक हुनुपर्छ भन्ने मान्यता राख्नेहरु जेनजी आन्दोलनको काँधमा चढेर आफ्नो योजना पूरा गर्न राजावादीहरु सफल भएका हुन ।
जेनजी आन्दोलनको दोस्रो दिन राजावादी समर्थित राप्रपाका नेता तथा युवाहरुकै उपस्थितिमा लखन थापाको शालिक ढालेर पृथ्वीनारायण शाहको प्रतिमा राख्दै उनीहरुले खुसी मनाएका थिए ।
नेपालका प्रथम शहीद लखन थापाको सालिक हटाइएकोमा नेपाल आदिवासी जनजाति महासंघले खेद प्रकट गर्दै पुनर्स्थापित गर्न माग गरेको छ ।


प्रतिक्रिया