काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अब धेरै पर्खन नसकिने चेतावनी दिएका छन् ।
युक्रेनको सङ्कट समाधानमा दुवै पक्षको सहयोगको आवश्यकता रहेको तर पुटिनलाई लामो समयसम्म पर्खन नसकिने ट्रम्पले बताएका हुन् ।
फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले पुटिनप्रति बढ्दो निराशा व्यक्त गरेका छन् । साथै पुटिनले सहमति गर्न चाहँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समस्या खडा गर्ने र जेलेन्स्कीले चाहँदा पुटिनले समस्या खडा गर्ने जस्तो भइरहेको उनको भनाइ छ ।
अब पनि यस्तै अवस्था रहन नहुँने भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अब आफूहरू धेरै बलियो भएर उनीहरूलाई सहमतिमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया