काठमाडौं । एशिया कप टी–२० क्रिकेटमा श्रीलङ्काले बङ्गलादेशलाई छ विकेटले हराएको छ । गएराति भएको खेलमा श्रीलङ्काले बङ्गलादेशलाई छ विकेटले पराजित गरेको हो ।
बङ्गलादेशले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १४ ओभर चार बलमा चार विकेट गुमाएर भेटायो ।
श्रीलङ्काका पथुम निसानकाले ५० रन बनाएर अर्धशतकीय पारी खेले । यस्तै कामिल मिश्राले अविजित ४६ रन बनाए । बङ्गलादेशका महेदी हसनले दुई तथा तन्जिम हसन साकिब र मुस्ताफिजुर रहमानले समान एक विकेट लिए ।
त्यसअघि अबु धाबीमा टस हारेर ब्याटिङ गरेको बङ्गलादेशले पाँच विकेट गुमाएर एक सय ३९ रन बनायो । बङ्गलादेशका शमीम हुसेनले ४२ र जाकर अलीले अविजित ४१ रन बनाए । श्रीलङ्काका वानिन्दु हसराङ्गाले दुई तथा नुवान तुषारा र दुष्मन्थ चमेराले समान एक विकेट लिए ।
एशिया कप टी–२० क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् । आठ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ अर्थात् असोज १२ मा हुनेछ ।


प्रतिक्रिया