नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा पदभार ग्रहण

नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा पदभार ग्रहण



काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गरेकी छन् । आजै सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग पद तथा गोपनीयताको शपथ लिएपछि भण्डारीले महान्यायाधिवक्ता कार्यालय रामशापथमा पदभार ग्रहण गरेकी हुन् ।

वरिष्ठ अधिवक्ता भण्डारीलाई हिजो राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानूनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । नेपालको इतिहासमा उनी पहिलो महिला महान्यायाधिवक्ता बनेकी छन् ।