काठमाडौं । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको जानकारी राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई दिएको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्यको सूचना प्राप्त भएको जानकारी दिए ।
प्रतिनिधिसभा भने यसअघि नै विघटन भइसकेको छ ।



प्रतिक्रिया