उपसभापति खड्कासँगै कांग्रेस केन्द्रीय कार्यालयको निरीक्षणमा खतिवडा

उपसभापति खड्कासँगै कांग्रेस केन्द्रीय कार्यालयको निरीक्षणमा खतिवडा


ग्लोब नेपाल
1.8k
Shares

काठमाडौं । जेन–जी आन्दोलनबाट तोडफोड र आगजनीबाट क्षति भएको नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय निरीक्षणमा उपसभापति पूर्णबहादुर खड्कासँगै राज्य व्यवस्था तथा सुशासन र संसदीय सुनवाई समितिका पूर्वसभापति रामहरि खतिवडालगायतका नेता बुधबार सानेपा पुगेका थिए ।

भदौ २४ जेन–जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले सो पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । तोडफोड र आगजनीबाट कार्यालयमा झन्डै १२ करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको युवा नेता खतिवडाले जानकारी दिए ।

खण्डहर पार्टी कार्यालयको निरीक्षण गर्न दैनिक नेताहरु सानेपा पुग्ने गरेका छन् । यसअघि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेल सानेपा पुगिसकेका छन् ।