काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका सुनकोशी–मरिण र भेरी–बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मन्त्री घिसिङले छलफल गरी आयोजनाका ठेक्का तोडेर नयाँ शिराबाट अगाडि बढ्नुको विकल्प नभएको बताए ।
दुवै आयोजनाको निर्माणमा देखिएको अस्वाभाविक ढिलाइपछि मन्त्री घिसिङले निर्माणमा संलग्न सबै पक्षसँग छलफल गरेका हुन् । तराई क्षेत्रमा सिँचाइ पुर्याएर कृषिको उत्पादकत्व वृद्धि गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउने आयोजनाको निर्माणमा भइरहेको अस्वाभाविक ढिलाइले आयोजनाबाट प्राप्त हुने प्रतिफल गुमिरहेको उल्लेख गर्दै उनले सम्बन्धित सबै पक्षलाई गम्भीर हुन आग्रह गरे ।
दुवै आयोजनाका सुरुङ निर्माण सम्पन्न भइसकेका छन् तर बाँध, विद्युत् गृहलगायतका संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेका परेका छन् ।


प्रतिक्रिया