भारतीय कप्तान सूर्यकुमार यादवलाई राजनीतिक टिप्पणी नगर्न निर्देशन

भारतीय कप्तान सूर्यकुमार यादवलाई राजनीतिक टिप्पणी नगर्न निर्देशन



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भारतका टी-२० कप्तान सूर्यकुमार यादवलाई अबदेखि राजनीतिक टिप्पणी नगर्न नर्देशन दिएको छ ।

आइसिसी मुख्यालय दुबईमा भएको सुनुवाइपछि म्याच रेफ्री रिची रिचर्डसनले यादवलाई अब आइन्दा खेलका दौरान राजनीतिक टिप्पणी नगर्न भनेका हुन् । यद्यपी सूर्यकुमारलाई अन्य कुनै कारबाही हुन्छ वा हुँदैन भन्ने स्पष्ट भने पारिएको छैन ।

सूर्यकुमारविरूद्ध पाकिस्तान टोली व्यवस्थापनले उजुरी दिएपछि आइसिसीको यस्तो निर्णय आएको इएसपिएन क्रिकइन्फले लेखेको छ ।

गत सेप्टेम्बर १४ मा एसिया कपको समूह चरणमा पाकिस्तानलाई हराएपछि भारतीय सूर्यकुमारले राजनीतिक टिप्पणी गरेका थिए ।

उनले पाकिस्तानविरूद्धको जित ‘पहलगाम आतंककारी हमलाका पीडितका परिवारहरूलाई’ समर्पित गर्ने भन्दै टिप्पणी गरेकी थिए । पाकिस्तानले सूर्यकुमारको टिप्पणीलाई ‘राजनीतिक’ भनेको थियो ।

पाकिस्तान क्रिकेट बोर्डले गत हप्ता लाहोरमा आयोजित पत्रकार सम्मेलनमा पनि यो कुरा उठाएको थियो । पाकिस्तानले सूर्यकुमारले ‘अपरेशन सिन्दूर’ भन्ने शब्द प्रयोग गरेकोमा आपत्ति जनाएको थियो ।