काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ ।
प्रशासन कार्यालयले सूचना निकालेर आजदेखि सोमवारसम्म अत्यधिक वर्षाको प्रक्षेपण गरिएको भन्दै पदयात्रामा ननिस्कन आग्रह गरेको हो ।
विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर (एविसी), मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा तथा खुमई लगायतका क्षेत्रमा पदयात्रामा नजानका लागि सार्वजनिक सूचनामार्फत सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए ।
दशैँको बिदाका बेला पदयात्रा क्षेत्रमा पदयात्रीहरूको भीड लाग्ने गरेको थियो । यस वर्ष प्रशासनले नजान अनुरोध गरेपछि पर्यटन क्षेत्र प्रभावित बनेको छ ।
यसअघिका दशैँ र तिहारको बिदामा पदमार्गहरूका होटल तथा रेष्टुराँ पर्यटकहरूले भरिभराउ हुने गरेका थिए ।


प्रतिक्रिया