ओली–प्रचण्डका लागि खटिएका सुरक्षाकर्मी फिर्ता

ओली–प्रचण्डका लागि खटिएका सुरक्षाकर्मी फिर्ता


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा आली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ । मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरेको स्रोतले जानकारी दिएको छ ।

ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता गराउने गृहमन्त्रीस्तरीय निर्णय भएको स्रोतले जानकारी दियो । ओली प्रचण्डको मात्रै नभइ बहालवाला र पूर्वभीआईपी, भीभीआईपीको पनि सुरक्षाकर्मी फिर्ता गराउने निर्णय भएको पनि स्रोतले जानकारी दिएको छ ।

‘अब धमाधम सुरक्षाकर्मी फिर्ता गराउने काम हुँदैछ, फिर्ता भइसकेपछि मात्रै कति सुरक्षाकर्मी मापदण्ड विपरीत थिए भन्ने कुरा यकिन हुन्छ,’ गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले भने ।