२५ लाख क्षतिपूर्ति र रोजगारीको सहमतिपछि विरोध कार्यक्रम फिर्ता

२५ लाख क्षतिपूर्ति र रोजगारीको सहमतिपछि विरोध कार्यक्रम फिर्ता


ग्लोब नेपाल
108
Shares

रसुवा । पीडित परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति र रोजगारी सुनिश्चित गर्ने सहमति भएपछि स्थानीयवासीले गरेको विरोध कार्यक्रम फिर्ता लिएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका–दुई टिमुरे नजिकै शनिबार दिउँसो करेन्ट लागी कालिका गाउँपालिका–३ का पचास वर्षीय शिव पौडेलको घटनास्थलमै मृत्यु भएपछि आफन्त तथा स्थानीयवासीले मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका थिए ।

रसुवागढी जलविद्युत आयोजना, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र पीडित पक्षबीच कालिका गाउँपालिकामा भएको छलफलपछि पीडित परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारी सुनिश्चित गर्ने सहमति भएपछि विरोध कार्यक्रम फिर्ता लिइएको स्थानीयवासी पुष्पराज न्यौपानेले जानकारी दिए ।