विपिनको मृत्यु भइसकेको हमासको पुष्टि

विपिनको मृत्यु भइसकेको हमासको पुष्टि

आजै शव हस्तान्तरणको तयारी



काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु पुष्टि भएको गाजाक्षेत्रबाट हमासले पुष्टि गरेको इजरायली सेनाले जनाएको छ । विपिनसहित मृत्यु भएका चारजना बन्धकको शव हस्तान्तरणको तयारी भएको इजरायली सेनाले जनाएको छ ।

यसअघि आजै बिहान इजरायलले विपिन जीवित रहेको पुष्टि हुन नसकेको परिवारलाई जानकारी गराएको थियो ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितसहित परिवारलाई विपिनको अवस्थाको बारेमा जानकारी गराइएको थियो । अहिले बेलुका इजरायली सैनिकलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएअनुसार विपिनसहित चारजनाको मृत्यु भएको हमासले जनाएको छ ।

जेरूसेलम पोस्टका अनुसार हमासले इ इलौज,योस्सी शराबी, विपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको हो । जेरुसेलम पोस्टका अनुसार इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल ईफि डेफ्रिनलाई सोमबार अपराह्न चारजना बन्धकको शव हस्तान्तरण गर्ने बताएको छ ।

इजरायली सेनाले रेडक्रसमार्फत् शवहरु प्राप्त गर्ने तयारी भइरहेको जनाएको छ ।

हमासले हालैका दिनहरूमा इजरायली आक्रमणका कारण गाजामा भएको व्यापक विनाशलाई उल्लेख गर्दै, सबै मृत बन्धकहरू भेट्टाउन नसकिने सम्भावना रहेको बताएको थियो ।

हमासले कुनै विशेष भवननजिक बन्धकहरूलाई गाडेको जनाएको छ । त्यो भवन तथा वरपरका सबै संरचना नष्ट भएका छन् ।

त्यो स्थान पत्ता लगाउन सम्भव भए पनि वास्तविक शवहरू फेला पार्न निकै कठिन हुने बताएको थियो ।