एनआरएनए अमेरिकामा संरक्षक, सल्लाहकार र मानार्थ परिषद्मा मनोनय

एनआरएनए अमेरिकामा संरक्षक, सल्लाहकार र मानार्थ परिषद्मा मनोनय



भर्जिनिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाको पाँचौं कार्यकारी बोर्ड बैठकले प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार र मानार्थ परिषद्मा मनोनय गरेको छ ।

अक्टोबर १२ मा जुममार्फत भर्चुअल बैठकले एनआरएनए अभियानमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरुलाई उक्त पदमा मनोनय गरेको हो ।

बैठकले प्रमुख संरक्षक सुनीलकुमार साह, संरक्षक परिषद्मा डा. अर्जुन बन्जाडे, चेतप्रसाद पौडेल, चित्रा केसी, महेश रेग्मी, नारायण कँडेल, प्रमोद सिटौला र सञ्जीव श्रेष्ठलाई मनोनय गरेको छ ।

यसैगरी सल्लाहकार कमिटीमा अम्बीर जोशी, अम्बिका लोहनी, आङजाम्बु शेर्पा, अपराजीता झा, बाबुराम दवाडी, बासुदेव खनाल, भक्त थापा, विजया शाह, विनोद तिवारी, चतुरानन्द चौधरी, दीपक थापा, डा. उमेश यादव, जीतेन्द्र गुरुङ, केशव बराल, कुवेर दाहाल, मणि नेपाली पनेरु, रेणु शर्मा सापकोटा, सरोजकुमार पुरी, सतिश चापागाईं, सीता पाण्डे, सुवास साह, सुजित सिंह, सुरेन्द्रमणि पौडेल, तोरणबहादुर गुरुङ, त्रिष्णा काफ्ले शर्मा र उद्धव खनाल रहेका छन् ।

यस्तै परिषद् मानार्थ सदस्यमा अनिल पाण्डे, अर्जुन कार्की, बाबुराम सापकोटा, बान्सु क्षेत्री, भक्त गुरुङ, भरत सुवेदी, भीषण अधिकारी, विक्रम अर्याल, विक्रम शाही, चण्डी भण्डारी, डा. अच्युत अधिकारी, गोविन्द ठकुरी, इन्द्रबहादुर थापा, केशवराम राई, किरण बस्नेत, कोशिस भण्डारी, लुइसाङ वाइवा, मधुर खरेल, मनोज सिंह, मिथिलेस यादव, प्रेमकाजी श्रेष्ठ, राजेश भट्ट, राजीव यादव, रामकुमार महतो, राजीव सिंह बस्नेत, ऋषि अधिकारी, शिव बानियाँ र सिरिष कुँवरको नाम बहुमतले अनुमोदन गरेको थियो ।