काठमाडौँ । नेकपा (एमाले)केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। बैठक बिहान ८ बजेदेखि ललितपुर धोबीघाटस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरु हुनेछ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आधारित भएर सदस्यहरूले धारणा राखिरहेका छन्। बुधबार ५० जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए। आज बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् ।
जारी केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्नेछ। अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन मंसिरको २७, २८, २९ पोखरामा गर्ने गरी प्रस्ताव गरेका छन्। एमालेले एक वर्षअगाडि नै महाधिवेशन गर्ने तयारी गरेको छ।


प्रतिक्रिया