जनमत पार्टी विभाजनविरूद्ध सिके राउतले दिए सर्वोच्चमा रिट

जनमत पार्टी विभाजनविरूद्ध सिके राउतले दिए सर्वोच्चमा रिट



काठमाडौं । जनमत पार्टी विभाजनविरूद्ध अध्यक्ष सिके राउतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

जनमतका उपाध्यक्ष रहेका दीपककुमार साहले केही दिनअघि पार्टी फुटाएर जनस्वराज पार्टी गठन गरेका थिए ।

जनमतमा असन्तुष्ट पक्षले अर्को पार्टी गठन गरेपछि अध्यक्ष राउतले पेस गरेको रिटलाई बिहीबार सर्वोच्च अदलतले दायर गरेको छ ।

शुक्रबारलाई उक्त मुद्दाको पेसी तोकिएको छ । राउतले निर्वाचन आयोगलाई विपक्षी बनाएका छन् । पार्टीको नीति विपरीत काम गरेको भन्दै राउतले साहलाई निष्कासन गरेका थिए ।

निर्वाचन आयोगले पनि असोज २८ गते विभाजन भई बनेको जनस्वराज पार्टीलाई मान्यता दिएको थियो ।