काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई संवैधानिक आयोगका आर्थिक वर्ष २०८१/८२ का वार्षिक प्रतिवेदनहरू पेश गरिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा विहीबार आयोजित अलग–अलग कार्यक्रममार्फत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले आफ्नो आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरे ।
सो अवसरमा राष्ट्रपतिले आयोगले गरेका काम, उपलब्धि र सुधारका सिफारिसका विषयमा चासो व्यक्त गरेका थिए ।
त्यसैगरी, अर्को कार्यक्रममा थारु आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुले पनि आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गरे ।
राष्ट्रपति पौडेलले आयोगहरूको प्रतिवेदनबाट देखिएका सुझाव र सिफारिसहरूले सुशासन प्रवर्द्धन, समावेशीकरण र आर्थिक स्रोतको न्यायसंगत बाँडफाँडमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेको जानकारी दिइएकाे छ ।


प्रतिक्रिया