काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले सामोआविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमनमा जारी छनोटमा सामोआविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले यो खेलमा जित निकाले छनोटको ट्रफी जित्नेछ । नेपालले प्लेइङ(११ मा ३ परिवर्तन गरेको छ । सोमपाल कामी, कुशल मल्ल र आदिल आलमलाई विश्राम दिदै करण केसी, ललित राजवंशी र आरिफ शेखलाई प्लेइङ-११ मा राखिएको छ ।
सामोआविरुद्ध नेपालको प्लेइङ–११
रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, करण केसी र ललित राजवंशी ।


प्रतिक्रिया