आसिफ र दीपेन्द्रको अर्धशतकमा नेपालले सामाओलाई दियो २१२ रनको लक्ष्य

आसिफ र दीपेन्द्रको अर्धशतकमा नेपालले सामाओलाई दियो २१२ रनको लक्ष्य



काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर सिक्सको अन्तिम खेलले नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनायो ।

नेपालका दुई खेलाडीले अर्धशतक प्रहार गरे । आसिफ शेख ६९ र दीपेन्द्रसिंह ऐरीले ५३ रनको योगदान दिए । कुशल भुर्तेल १७ र आरिफ शेख ९ रनमा आउट भए । कप्तान रोहित पौडेल २१ र लोकेश बम ३९ रनमा अविजित रहे ।

नेपालले यो खेलमा जित निकाले छनोटको ट्रफी जित्नेछ । यो छनोटबाट नेपाल, ओमान र युएई शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा छनाेट भएका छन् ।