काठमाडौँ । जेनजी आन्दोलनका क्रममा होटेल परिसरमा तोडफोड र अराजक गतिविधि भएपछि हायात रिजेन्सीले आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ।
होटेलका मानव संसाधन निर्देशक मोहम्द यूसुफ चौधरीद्वारा शुक्रबार जारी गरिएको सूचनामा आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण होटेल तत्काल सञ्चालन गर्न नसकिने उल्लेख गरिएको छ।
होटेल व्यवस्थापनका अनुसार मर्मत तथा पुनर्निर्माणको काम सकिएपछि मात्र पुनः सञ्चालनबारे निर्णय हुनेछ। सुरक्षा कारणले सम्पूर्ण श्रमिकलाई पनि अर्को सूचना नआएसम्म होटेल परिसरमा उपस्थित नहुन आग्रह गरिएको छ।
हायात रेजेन्सीले जारी गरेको सूचना अनुसार तोडफोड र अराजक क्रियाकलापका कारण होटेलका व्यावसायिक गतिविधि पूर्ण रूपमा प्रभावित भएका छन्।
सूचनामा भनिएको छ, “ होटेलको मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षा संवेदनशीलता समेतलाई मध्यनजर गर्दै होटेलबाट प्रवाह हुँदै आएको व्यावसायिक सेवा लगायत सम्पूर्ण होटेल नै पूर्ण रूपमा बन्द रहेको हुनाले यस विषयमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल भइ प्रतिष्ठानमा कार्यरत सम्पूर्ण श्रमिकहरू अर्को सूचना प्रेषित नहुँदा सम्म वा अन्य निर्णय नहुँदासम्म सम्पूर्ण श्रमिकलाई होटेल परिसरमा उपस्थित नहुन अवगत गराइन्छ ।’



प्रतिक्रिया