तेस्रोपटक विस्तार हुँदा १० सदस्यीय बन्यो मन्त्रिपरिषद्

तेस्रोपटक विस्तार हुँदा १० सदस्यीय बन्यो मन्त्रिपरिषद्

नवनियुक्त दुई मन्त्रीले लिए शपथ



काठमाडौं । नवनियुक्त दुई जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई शपथ ग्रहण गराएका हुन् ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारलाई पनि मन्त्रीमा सिफारिश गरेकी थिइन् । तर अदालतमा मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि प्रधानमन्त्री कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिश सुनारको नाम हटाइन् ।

यस्तै भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा सिफारिश गरिएका श्रेष्ठको नाम अन्तिम समयमा फिर्ता भएको छ । श्रेष्ठको नाम फिर्ता हुनुको कारण खुलाइएको छैन ।

योसहित कार्कीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । अब मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ । आज नियुक्त स्वास्थ्यमन्त्री गाैतम प्रसूति तथा स्त्री रोग विशेषज्ञ एवम् भूतपूर्व स्वास्थ्यसचिव हुन् भने युवामन्त्री गुप्ता परोपकारी सङ्गठन हन्ड्रेड ग्रुपका संस्थापक हुन् ।

अहिले सङ्घीय कार्यपालिकामा २१ वटा मन्त्रालय छन् । तर मन्त्री कार्कीले यसअघि मन्त्रिमण्डल ११–१२ सदस्यीय मात्र हुने बताएकी थिइन् ।