अन्नपूर्ण बेश क्याम्पबाट १६२ जना पर्यटकको उद्धार

अन्नपूर्ण बेश क्याम्पबाट १६२ जना पर्यटकको उद्धार



काठमाडौं । सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेश क्याम्पबाट बिहीबार बिहानसम्म १६२ जना पर्यटकको उद्धार गरेको छ । अब अन्नपूर्ण बेश क्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् ।

सशस्त्रका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले सबैलाई सुरक्षित स्थानमा ल्याइएको जानकारी दिए । साथै अन्नपूर्ण बेश क्याम्पमा हिउँ पहिरो आइरहेको जानकारी पनि उनले दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश नारच्याङ म्याग्दीबाट कात्तिक ११ गते उद्धारका लागि सुरक्षा फौज बेश क्याम्पतर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमान्डमा गएको फौजले १७ विदेशी पर्यटकसहित एक सय ६२ जनाको उद्धार गरेको हो ।

बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटक हरुको डोरिको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको हो ।

सबै पर्यटकको उद्धार भएपछि यतिखेर बेशक्याम्प खाली भएको छ ।