राष्ट्रपति कार्यालय शीतल निवास तोडफोड र लुटपाट गर्ने ३ जना पक्राउ

राष्ट्रपति कार्यालय शीतल निवास तोडफोड र लुटपाट गर्ने ३ जना पक्राउ



काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा छन् ।

उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

उनीहरुले जेनजी आन्दोलनको बेला राष्ट्रपति कार्यालय शीतल निवास तोडफोड र आगजनी हुनुका साथै त्यहाँबाट सरसामान चोरेको आरोप छ ।

उनीहरुको साथबाट प्रहरीले राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद गरेको छ ।

जेनजीको प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीपछि राष्ट्रपति निवास (शितल निवास) क्षतिग्रस्त भएकाे थियाे ।

प्रदर्शनकारीहरूले शितल निवासभित्रै प्रवेश गरी आगजनी पनि गरिदिएका थिए ।