काठमाडौँ। नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
गत शुक्रबार सम्पन्न नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरेपश्चात् यो बैठकलाई थप चासोका साथ हेरिएको छ । आजको बैठकले एकता प्रक्रियालाई कसरी अगाडि बढाउँछ र यसले अन्य कम्युनिष्ट घटकहरूलाई कसरी प्रभाव पार्छ भन्ने कुरा हेर्न बाँकी नै छ ।


प्रतिक्रिया